
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशनका लागि अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिज लाइन इनर्जीलाई आईपीओ निष्कासन अनुमति प्रदान गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २६ लाख ७ हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति माग गरेको थियो । जसलाई बोर्डले अनुमति प्रदान गरेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।







प्रतिक्रिया