मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन: रवि लामिछानेको बयान (पूर्णपाठ)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट गैरकानूनी ऋण प्रवाहमा आफ्नो कुनै संलग्नता नभएको बयान दिएका छन् ।

सहकारी ठगीको छानबिनका लागि गठन भएको संसदीय छानबिन समितिमा बयान दिने क्रममा लामिछानेले आफूले सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने कुनै काम नगरेको र आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नगरेको उलेलेख गरेका छन्।

‘मैले सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याउने कुनै काम गरेको छैन, मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको पनि छैन,’ बयानमा उनले भनेका छन् ।

उनले आफू टिभीमा सञ्चालक समितिमा रहँदा सञ्चालक समितिको कुनै बैठकले सहकारीबाट ऋण लिने विषयमा निरणय नगरेको उनको बयामा उल्लेख छ ।

संसदीय छानबिन समितिको बयानको क्रममा आफूले सहकारीबाट एक पैसा पनि नलिएको भन्दै उनले आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

उनले आफूले समाचार पक्षको जिम्मेवारी हेर्नेगरी ग्यालेक्सी टीभीमा काम गरेको भन्दै आर्थिक पाटो थाहा नभएको बताएका छन्।


क्लिकमान्डु