भारतको वाराणसीको लागि बुध्द एयरको तेस्रो उडान थप, कति पर्छ भाडा ?



काठमाडौं । बुध्द एयरले भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ । बुधबार(आज) देखि भारतको वाराणसीको लागि तेस्रो उडान थपेको हो।

यसअघि साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो । साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुध्द एयरले जनाएको छ ।

बुध्द एयरको भगनी संस्था बुध्द होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ । यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्ने विश्वास बुध्द एयरको छ ।

बुध्दका उडानबाट वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ । काठमाडौंबाट वाराणसी शुरुवाती एकतर्फी भाडा ११३६० रहेको छ । उडान समय काठमाडौंबाट ७:१५ तथा वाराणसीबाट ८:३० रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु