सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ: उपप्रधानमन्त्री सिंह



धनगढी । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी ठगीबारे छानबिनका लागि गठन भएको संसदीय समितिले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।

मंगलबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले प्रतिवेदनका आधारमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाइने दाबी गरेका हुन् ।

‘संसदीय विशेष समितिले सहकारीको रकम दुरुपयोग सम्बन्धी प्रतिवेदन बुझाएको छ । सरकारले प्राप्त गरेपछि प्राप्त सुझावका आधारमा अध्ययन गरेर कार्यान्वयन गर्नेछ,’ सिंहले भने ।

संसदीय समितिले तत्कालीन समयमा गोरखा मिडियामा प्रबन्ध निर्देशक रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने लगायतमाथि कारबाहीको सिफारिस गरेको छ ।

फरक प्रसंगमा सिंहले मुलुकलाई आर्थिक समृद्धि र स्थायित्व दिनका लागि नेपाली कांग्रेस र एमालेको सहकार्य आवश्यक परेको बताए ।


क्लिकमान्डु