सहकारी छानबिन समितिको प्रतिवेदनमा सबैले गरे हस्ताक्षर



काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनमा हस्ताक्षर भएको छ ।

भाषाका विषयमा कुरा नमिल्दा प्रतिवेदनमा हस्ताक्षर हुन सकेको थिएन ।

आइतबार नै प्रतिवेदन करिब तयार भएको थियो भने आज सुरुमै हस्ताक्षर गरेर संसदमा पेस गर्ने तयारी थियो तर अन्तिममा भाषामा मतभेद देखिएको थियो ।

रास्वपाबाट समितिमा सदस्य रहेका शिशिर खनालले सही गरेका थिएनन् । तर ढिला गरि समितिका सबै सदस्यले सही गरेका हुन्।


क्लिकमान्डु