दसैंका लागि असोज पहिलो सातादेखि अग्रिम टिकट, विमानको के हुन्छ ?



काठमाडौं । दसैंका लागि असोजको पहिलो सातादेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । दसैँतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले असोज पहिलो सातादेखि बसको अग्रिम टिक बुकिङ खुल्ने गरि तयारी भइरहेको क्लिकमान्डुलाई जानकारी दिए ।

‘दसैंका लागि उपत्यकाबाट बाहिरिनेका लागि असोज पहिलो साताबाट बसहरुको अग्रिम टिकट बुकिङ खुल्ने तयारी छ,’ उनले भने ।

दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ ।

एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका हुन् ।

वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ ।

दसैँलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको छ ।


क्लिकमान्डु