वायुसेवा निगमको एउटा वाइडबडी काठमाडौं आउँदै, विहीबारदेखि नियमित उडानमा

1.9k
Shares


काठमाडौैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको असार ८ मा सिचेकका लागि इटली गएको एन एएलवाई कलसाइनको ए३३० अन्नपूर्ण नामको जहाज काठमाडौं आउने भएको छ । यो जहाजको मर्मत सकेर आवश्यक उडान अनुमतिसमेत पाइसहेकोले इटलीबाट उड्ने तयारीमा छ ।

उक्त जहाज भोलि बिहान (बुधबार) काठमाडौं आइपुग्ने छ । जहाज आएपछि विहीबारदेखि नै वाइडबडीले नियमित उडान गर्ने नेपाल वायुसेवा निगमका प्राविधिक प्रवक्ता इन्जिनिरयर मनोजकुमार साहले बताए । उनका अनुसार उक्त जहाजको मर्मत सकेर काठमाडौैं आउँदै छ । जहाज आएपछि निगमको नियमित उडानमा प्रयोग हुने भएको छ ।

अहिले निगमसँग भएको दुईवटा वाइडबी मध्यै दुईटै सिचेकको लागि इटली गएको छ । इन्जिनबाहेकको सबै जाँच सिचेकका लागि इटली गएको अन्नपूर्ण नामक वाइडबडी जहाज साढे २ महिनापछि बल्ल काठमाडौं आउन लागेको हो ।

निगमले २२ जुन (असार ८ )मा इटलीमा मर्मतका लागि पठाएको जहाज एक महिनाभित्रै फर्कनुपर्ने भए पनि आवश्यक पाटपूर्जा नपाएकोसहितको प्राविधिक कारणले मर्मतमा ढिलो हुँदा काठमाडौं ल्याउन नसकिएको पनि निगमको बताएको छ ।

निगमको एउटा जहाज सिचेकका लागि गएर उतै बसिरहेको बेला अर्को वाइडबडी पनि मर्मतकै लागि गएको हुँदा हाल निगमको वाइडबडी उडानविहीन छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा भएका ४ वटा जहाजमध्ये हाल २ वटा न्यारोबडी भने नियमित उडानमा छ ।