नीतिगत व्यवस्थाबाटै नेवानि सुधार गर्ने सरकारको तयारी, निगमलाई नयाँ संरचनामा चलाइने




काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को सुधार नीतिगत व्यवस्था गरेर गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले बताएका छन् । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलाई स्वागत गर्ने एक कार्यक्रममा मन्त्री पाण्डेले वायुसेवा निगम पुरानो रोयल नेपाल एयरलाइन्सजस्तो नभएर नेपाल रिफर्म एयरलाइन्स बनाउने बताएका छन् ।

निजी क्षेत्रका पर्यटन व्यवसायीसँगको उक्त कार्यक्रममा मन्त्री पाण्डेले भने ‘पोलिसी सिफ्ट गरेरै निगमको सुधार गर्ने तयारीमा सरकार छ । यसका लागि पर्यटन मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।’

मन्त्री पाण्डेले निगम बलियो भएमात्रै उड्डयन क्षेत्रको विकास हुने बताए । निगमकै भाडादरलाई आधार बनाएर निजी क्षेत्रका वायुसेवा स्वानियममा चल्ने हुन्छ । निगमको टिकट सस्तो भए विदेशी वायुसेवादेखि निजी क्षेत्रका आन्तरिक उडानका वायुेवासम्मले सस्तोमा टिकेट बेच्नुपर्ने बाध्यता आउने पनि उनको भनाइ छ । यसका लागि निगम निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने जहाज कम्पनी हुनुपर्ने पनि उनको भनाइ छ ।

मन्त्री पाण्डेले उक्त कार्यक्रममा भनेपाल पर्यटन बोर्डमा लामो समयदेखि सीईओ पद रिक्त रहँदा बोर्ड नै विघटन गर्नुगर्नुपर्छ भन्ने .सम्मको आवाज आइरहेको अवस्थामा नयाँ कार्यकारी नियुक्त गरेर सकारत्मक सन्देश दिएको पनि बताए । उनले बोर्डले अब पर्यटन विभागलाईसमेत निर्देशित गर्ने गरी काम गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा निजी क्षेत्रका पर्यटन व्यवसायीले वायुसेवा निगमको सुधार अपरिहार्य भएको बताए । निगमलाई सके निजीकरण होइन भने विदेशी व्यवस्थापन भित्र्याउन निजी क्षेत्रका पर्यटन व्यवासायीले सुझाव दिएका छन ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले कुनै पनि संस्थाको नेतृत्वसँग डर वा भर हुने उल्लेख गर्दै भने ‘पर्यटन बोर्डको सीईओमा भर देखिएको छ ।’

उनले सार्वजनिक निजी साझेदारी (पीपीपी)मा चल्नुपर्ने संंस्था सरकार टु सरकार ((जीटुजी)मा सञ्चालनको अवस्थामा पुगेको बताए । अब भने यो संस्था पीपीपीमै चल्ने पनि विश्वास व्यक्त गरे ।

उनले हवाई क्षेत्रमा सरकारले लगाएको भ्यान खारेज गर्नुपर्ने, पर्यटनलाई महंगो गन्तव्यबाट सबैको पहुँचयोग्यमा पुर्याउनुपर्ने, पर्यटन सुधारका काम जहाँ रोकिएको छ त्यहीँबाट सुरु हुुनुपर्ने सहितका धारणा राखे ।

उक्त कार्यक्रममा होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले निजी क्षेत्रले ३५ लाख पर्यटक धान्ने क्षमता बनाइसक्दा पनि सरकार भने वार्षिक १६ लाखको लक्ष्यमा नै सिमित भइरहेको बताए । उनले सरकारले लक्ष्य लिँदै क्षमताभन्दा आधामा मात्रै लिँदा पनि पूरा गर्न नसक्ने अवस्था आउनुले पर्यटकको विश्वास र भरोसा कम भएको तर्क पनि गरे ।


क्लिकमान्डु