बजारमा तरलता बढी भएपछि ४० अर्ब बढी खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । तरलता अत्यधिक भएकाले केन्द्रीय बैंकले यति धेरै पैसा खिच्न लागेको हो । बोलकबोलका माध्यमबाट नियमित निक्षेप संकलन गरेर यति धेरै तरलता बुधबार प्रशोचन हुँदैछ ।

बैंक तथा वित्तीय संस्थालाई निक्षेप राख्न बुधबार ३ बजेसम्मका लागि आह्वान गरिएको छ । सो बोलकबोल माध्यमबाट ब्याजदर निर्धार हुनेछ । बुधबार जारी हुने निक्षेपको सावाँ ब्याज भुक्तानी असोज २ गते हुनेछ ।

राष्ट्र बैंकले भदौ २ गते १ खर्ब रुपैयाँको निक्षेप जारी गरेको थियो । त्यतिबेला १ खर्ब ९६ अर्ब २५ करोड रुपैयाँको कबोल परेको थियो ।

चालू आर्थिक वर्षको हालसम्म १ खर्ब ८७ अर्ब ८० करोड रुपैयाँको निक्षेप बोलकबोलका माध्यमबाट तरलता प्रशोचन गरेको छ।

यता बैंकहरुले मंगलबार १ खर्ब ७४ अर्ब रुपैयाँको स्थायी निक्षेप सुविधा लिएका छन् । राष्ट्र बैंकले चालु आवको हालसम्म ५१ खर्ब ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको यस्तो सुविधा लिएका छन् ।


क्लिकमान्डु