नाडा अटो शोका आकर्षक गाडीहरु (तस्बिर)



काठमाडौं । यस वर्षको नाडा अटो शोमा आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिन चल्ने सवारी साधानहरुको १६ औं संस्करणको कुम्भमेलाको मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका हुन् ।

शोमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ।

शोमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनका लागि राखिएको छ ।

३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् । त्यस्तै ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।

नाडा अटो शो अगस्ट २७ (आज) देखि सेप्टेम्बर १ सम्मआयोजना हुनेछ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ । शो मा १५ देखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुने आयोजकको अपेक्षा छ ।


क्लिकमान्डु