सवारी साधन सम्बन्धी नीतिमा परिवर्तन गरेर विलासीमा होइन आवश्यकतामा राखिनुपर्छ: चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोबाइल सम्बन्धी नीतिमा परिभाषा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नीति बनाउनेहरुको परिभाषामा अटो मोबाइललाई विलासीमा राखिएको भन्दै यसलाई विलासी नभई आवश्यकतामा राख्नु पर्ने उनको भनाइ छ ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले सवारी साधनलाई विलासी भन्ने सोच पुरातन भएकोले यसलाई फेर्नुपर्ने बताए ।

‘नीति बनाउनेहरुको सोचमा अटो मोबाइल लक्जरी भन्ने छ । यो पुरातन सोच हो । यो सोचलाई फेर्नु पर्छ,’ उनले भने, ‘अटो मोबाइल आवश्यकता हो।’

बैंक तथा वित्तीय संस्थाको ऋण दिने व्यवस्थामा पनि अटो क्षेत्रलाई लक्जरी मानिएकोले यसलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

विद्युतीय सवारीका लागि चार्जिङदेखि अन्य पूर्वाधारमा ध्यान दिनुपर्ने बताए।

अटो मोबाइलको पार्ट्स चोरीबाट आयात भइरहेको भन्दै ढकालले यसलाई औपचारिक रुपमा आउने गरि बनाउनु पर्ने बताए।


क्लिकमान्डु