बैंकिङ कसुरमा जेल हाल्नु भन्दा नगद जरिवाना गराउनु उपयुक्तः डा. वाग्ले



काठमाडौं । सांसद स्वार्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल नै हाल्नु भन्दा पनि नगद जरिवाना गराउनु उपयुक्त हुने बताएका छन् ।

अर्थ समितिको बैठकमा विश्वब्यापी रुपमा नै यस्तो मान्यता रहेको भन्दै नेपालमा पनि यसलाई फलो गर्न आवश्यक रहेको उनको सुझाव छ ।

‘यो पनि एक खालको कसुर नै हो’ उनले भने ‘जेमा पनि ठोक्ने जाक्ने, थुन्ने भन्ने खालको भाष्य समाजमा बनेको छ । त्यसलाई परिवर्तन गर्न आवश्यक छ ।’

सानो कसुर गरेको खण्डमा पनि ठूलो कारबाही हुन्छ । ‘कसुर गर्ने पक्राउ पर्छ, कानूनको फन्दामा आउँछ । पेनाल्टी हुन्छ,त्यो यति चर्को हुन्छ की उ त्यस्तो दुष्कर्म गर्न तर्फ लाग्दैन’ उनले भने ‘यस्तो खालको व्यवस्था गरौ । सबैतिर कडा गर्न सकिँदैन । सबै तिर प्रहरी लगाउन सकिँदैन । दोषी पाइएमा कडा भन्दा कडा कारबाही गरौ । ताकी डराएर नै उसले नराम्रो काम नगरोस ।’

यो व्यवस्था अन्य देशमा लागू भएको र अहिले नेपालमा पनि यो आवश्य भएको उनको भनाइ छ ।


क्लिकमान्डु