प्रभु महालक्ष्मी लाईफको बोनस घोषणा, हकप्रद सेयर निष्कासन गर्ने



काठमााडैं । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले लाभांश सहित ७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत गरेको छ । कम्पनीले प्रस्ताव गरेको हकप्रद र लाभांश बिमा प्राधिकरणले स्वीकृत दिएर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु