नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, चुक्ता पूँजी ५ अर्ब २१ करोड



काठमाडौं । नेशनल लाईफ कम्पनीको ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।

सिंहले आर्थिक बर्ष २०७९/०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसके पनि गत आर्थिक बर्ष २०८०/०८१ मा सुधारको वाटो तय गरेको जानकारी दिइन् ।

आव २०७९/०८० मा कम्पनीको वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको बताइएको छ । कम्पनीको कूल बीमा शुल्क १६.६६ प्रतिशतले बृद्धि भएर १६ अर्ब ८० करोड पुगेको छ ।

समिक्षा वर्षको संचालनवाट जम्मा ९ अर्ब ३१ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भएर वर्षान्तमा ६५ अर्ब ४० करोड पुगेको छ ।

कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भएर ४९ अर्ब ७८ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको बताइएको छ ।

कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९/०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।

कम्पनीले आगामी दिनमा आफ्नो स्वामित्वमा रहेको जग्गामा ब्यापारिक भवन निर्माण गर्ने जनाएको छ । यसै क्रममा कम्पनीले नेपालगन्जमा भवन निर्माण सम्पन्न गर्न लागेको छ ।

कम्पनीले आव २०७९/०८० को बीमाङ्कन सन्तोषप्रद रहेको भन्दै नियामकीय निकायको निर्देशन अनुसार बीमितहरुलाई दिदैं आएको वोनस दरमालाई निरन्तरता दिएर बीमितलाई उचित प्रतिफल दिन सफल भएको जनाएको छ ।

३६ औं वार्षिक साधारण सभाले आव २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी ५ अर्ब १ करोडमा १० प्रतिशतका दरले नगद लाभांश ५० करोड र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश २० करोडका साथै उक्त नगद तथा बोनस लाभांशमा कर प्रयोजनको लागि ३ करोड ६९ लाख रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ५ अर्बमा ४ प्रतिशतको वोनस शेयर थप गरी कूल चुक्ता पूँजी ५ अर्ब २१ करोड पुगेको छ ।


क्लिकमान्डु