बजार उकालो लाग्दा सेयर धितोमा जाने कर्जा १८.१%ले बढ्यो, १ करोडभन्दा बढी कर्जा माग्ने धेरै



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा सेयर धितोमा जाने कर्जा १८.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार असार मसान्तसम्म सेयर धितोमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको छ ।

अघिल्लो आवको असार मसान्तसम्म सेयर धितोमा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ कर्जा थियो ।

सेयर धितोमा जाने १ करोड भन्दा बढी सेयर धितो कर्जा २५.१ प्रतिशतले बढेर ५५ अर्ब ९३ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो ।

यस्तै ५० लाख देखि १ करोडसम्मको सेयर धितो कर्जा ५.५ प्रतिशतले बढेर १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ५० लाख देखि १ करोडसम्मको सेयर धितो कर्जा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो ।

यसैगरि, २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १२.८ प्रतिशतले भनेर १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

साथै, २५ लाखभन्दा कम सेयर धितोकर्जा ३.९ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्म २५ लाखभन्दा कम सेयर धितोकर्जा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकले सेयर धितोमा लगाएको ४, १२ करोडको नीतिलाई संशोधन गरेर १५, २० करोड पुर्याएसँगै सेयर धितोमा जाने कर्जामा १ करोड भन्दामाथीको कर्जा बढेको छ ।

यस्तै, राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ‘मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिनेछ’ भन्ने नीति लिएको छ । सेयर बजार लगातार बढेसँगै सेयर धितोमा जाने कर्जा पनि अझै बढ्ने देखिन्छ ।


क्लिकमान्डु