सेयर बजारले पार गर्‍यो सतकको वृद्धि, बैंकमा झुम्मिए लगानीकर्ता



काठमाडौं । साताको पहिलो दिन आइतबार दुई पटकको सकारात्मक सर्किट पनि सेयर बजारले सतक पार गरेको छ ।

यो दिन बजार ५ प्रतिशतले बढेर फर्किएको हो । इन्ट्रा डे कारोबारमा बजार २७ सय बिन्दु पार गरेको बजार त्यसपछि पुन फर्किएको छ । बजार ११३.४२ अंकले बढेर परिसूचक २६८१.५६ बिन्दु कायम भएको छ ।

कारोबारमा लगानीकर्ताको ध्यान बैंकमा बढी केन्द्रित भएको छ । बैंकिङ समूहको उपसूचक १४१.७६ अंक, विकास बैंक २४५.९२, वित्त ३८.३८, होटल ३१.११, जलविद्युत २६.३२, जीवन बिमा ५१९.२७, उत्पादन तथा प्रशोधन १३४.७१, निर्जीबन बिमा ३४५.४६, अन्य ५९.८६, ट्रेडिङ ९९.३० अंकले बढ्दा माइक्रोफाइनान्स समूहको उपसूचक १०.०६ अंकले घटेको छ ।

३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा करिब डेढ दर्जन कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु