९ अर्ब ८० करोडमा विद्युत विकास विभागले ४० मेगावाटको बुढीगण्डकी निर्माण गर्दै



काठमाडौं । विद्युत विकास विभागले ४०.२० मेगावाटको टोम डोगर (बुढीगण्डकी) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

प्रस्तावित जलविद्युत् आयोजना गोरखाको चुमनुब्री गाउँपालिका-४ र ५  भएर बग्ने बुढीगण्डकी नदीमा प्रस्ताव गरिएको छ ।

यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो । जसको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार भएको छ । इआईए स्वीकृतिका लागि वन तथा वातावरणले मन्त्रालयमा प्रस्ताव पेस भएको छ । इआईए स्वीकृत भएपछि बाँकी निर्माण अघि बढाउने तयारी छ ।

सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार  यो आयोजनाको डिजाइन डिस्चार्ज ५३.३ घनमिटर प्रतिसेकेण्ड छ । ग्रस हेड ९२.५ मिटर छ । वार्षिक २३३.३२ गिगावाट आवरसम्म उत्पादन गर्न सक्छ । यो आयोजनाले सुक्खा मौसममा ७३.४९ गिगावाट आवर र वर्षायाममा १५९/८३ गिगावाट आवर उत्पादन गर्न सक्छ ।

१०  मिटर व्यास भएको १८२५ मिटरको हेडरेस टनेल निर्माण हुनेट । । विद्युत गृह भुमिगत हुनेछ ।

 बिजुली उत्पादन गरेपछि पानीलाई पुन: बुढीगण्डकी नदीमा फर्काउन २७० मिटर टेलरेस निर्माण गरिनेछ ।

उत्पादित बिजुलीलाई ५१.१ किमीको १३२ केभी प्रसारणलाइन निर्माण गरेर गुम्दा सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ यो आयोजना निर्माणका लागि ब्याजबाहेक ८ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ब्याजसहित ९ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ ।प्रतिमेगावाट लागत ब्याजसहित २४ करोड ३८ लाख रुपैयाँ छ ।

साधारण लगानी फिर्ता अवधि ७.२३ वर्ष र डिस्काउनेटेट लगानी फिर्ता अवधि १३.५७ वर्ष रहेको छ । निर्माण थालेको ४ वर्षमा निर्माण सक्ने लक्ष्य छ ।

प्रस्तावित आयोजना क्षेत्रको सबैभन्दा नजिकको सडक दोभानमा (आरुघाट बजार) मा छ । काठमाडौंदेखि धादिङ-बेनिघाट-आरुघाट बजारसम्मको दुरी करिब १२७ किमी छ । आरुघाटदेखि कच्ची सडक हुदै दोभानसम्मको  दुरी करिब ४० किमी छ । दोभानबाट १.५  दिनको पैदल यात्रापछि बिही गाउँ हुँदै आयोजना क्षेत्रसम्म पुग्न सकिन्छ ।

आयोजनाको हेडवर्क्सदेखि १० किमी दुरीमा रहेको फिलिमसम्मको ट्रयाक खोलिसकेको छ । त्यसैले आयोजवनाको मुख्य पहुँच सडक प्रस्तावित आयोजना सुरु हुनु अघि खोलिसक्ने अपेक्षा छ ।

आयोजना निर्माणका लागि कुल १५.०८ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमध्ये १०.०८ हेक्टर स्थायी रुपमा र ५ हेक्टर अस्थायी रुपमा प्रयोग हुनेछ । स्थायी प्रयोजनको १०.०८ हेक्टरमध्ये ८.५३ हेक्टर मनास्लु संरक्षण क्षेत्रको प्रयोग हुने


क्लिकमान्डु