अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छः वामदेव गौतम



काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताएका छन् ।

सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले केही समय पहिला भारतले नेपाललाई ठूलो अत्याचार गरेके कुरा आफूले बताएको तर सरकारले चासो नदेखाएको बताए ।

यसअघिको कांग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र) को सरकारले भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको भन्दै शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पत्ति फिर्ता गर्नुपर्ने बताए ।

उनले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भएकाले सम्पती फिर्ता हुनुपर्ने बताए ।

उनले बिनासित्तै देशको सम्पत्ति अरुलाई दिन नहुने बताए ।


क्लिकमान्डु