अर्थमन्त्री पुनले आज नेपाल फलामे छड उत्पादक संघसँग भेट्ने



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल फलामे छड उत्पादक संघसँग आज तीन दिउँसो ३ बजे छलफल गर्ने भएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्पन्ज आइरन र बिलेटमा गरेको करका व्यवस्थाको विरोध गरिरहेको संघसँग आज मन्त्रीले छलफल गर्न लागेका हुन्।

सरकारले ल्याएको बजेटमा मेल्टिङ उद्योगका लागि चाहिने कच्चा पदार्थमा यसअघि १ प्रतिशत दिएको भन्सार अहिले २.५ प्रतिशत भन्सार र शून्य भन्सार रहेका कच्चा पदार्थमा ३ प्रतिशत भन्सार लगाएको छ । सरकारले १५ गते ल्याएको बजेटमा उक्त व्यवस्था गरेपछि हिजो बुधबार संघले विरोध जनाएको थियो । आज नै मन्त्रीले ३ बजे उनीहरुले भेटने भएका छन् ।

मेल्टिङ उद्योग लगाएका व्यवसायीहरुले सरकारको अस्थीर नीतिका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको बताएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदम प्रस्तुत गरेको बजेटले कच्चापदार्थमा भन्सार बढाएपछि १८ उद्योगीहरुले पत्रकार सम्मेलन गरेर आफूहरुको ३६ अर्ब लगानी धरासयी भएको प्रतिक्रिया दिएका हुन् ।

विद्युत खपत बढाउन, रोजगारी बढाउने उदेश्यले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मेल्टिङ उद्योगका लागि चाहिने कतिपय कच्चा पदार्थमा १ प्रतिशत मात्रै भन्सार लगाएका थिए भने कतिपय शून्य भन्सार थियो । तर, वर्षमानको बजेटले १ प्रतिशतलाई बढाएर २.५ प्रतिशत र शून्य भन्सार रहेका कच्चा पदार्थमा ३ प्रतिशत भन्सार लगाएको छ । सरकारले छुट दिएका कारण लगानी थपेका उद्योगीहरुले अहिले सरकारले भन्सार बढाएपछि मारमा परेको बताए ।


क्लिकमान्डु