देउवाले बोलाए बजेटअघि विपक्षी दलहरुको बैठक

कांग्रेस संसदीय दलको बैठक पनि बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्वमा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा विपक्षी दलहरुको बैठक बिहान ११ बजे संसद भवनमा बस्ने भएको हो ।

संघीय संसदमा आज बजेट सार्वजनिक हुँदैछ । भाषण अघि साझा धारणा तय गर्न देउवाले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।

विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चालाई देउवाले बैठकमा बोलाएका छन् । त्यसअघि कांग्रेस संसदीय दलको बैठक पनि बस्ने छ ।

सहकारी ठगी प्रकणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।

संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र विपक्ष केही दिन अघिनै सहमत भए पनि समितिको कार्यादेशका विषयमा कुरा नमिल्ला संसदीय समिति गठन हुन सकेको छैन । जसका कारण सदनको गतिरोध अन्त्य हुन सकेको छैन ।

अर्थमन्त्री पुनले आज संसदमा पेस गर्ने बजेछ अघि सहमति जुट्ने विश्वास सत्ता पक्षको छ भने सहमति नजुटे कसरी अघि बढ्ने भन्ने तयारीमा कांग्रेस रहेकाले घटनाक्रमहरुलाई चासोका साथ हेरिएको छ ।


क्लिकमान्डु