कुल जनसंख्याको २१.३ प्रतिशत जनतासँग डिम्याट खाता



काठमाडौं । नेपालमा कुल जनसंख्याको २१.३ प्रतिशतमा जनताले डिम्याट खाता खोलेका छन् ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/०८१ अनुसार फागुन मसान्तसम्म डिम्याट खाता ६२ लाख २४ हजार नेपालीमा पुगेको छ ।

पछिल्लो समय नेपालको धितोपत्र बजारमा लगानिकर्ताको सहभागिता उत्साहजनक रुपमा बढेको छ । २०७९ असारसम्म ५३ लाख ४६ हजार डिम्याट खाता रहेको थियो ।

२०८० असार मसान्तसम्म करिब ८.९ प्रतिशतले बढेर ५८ लाख २३ हजार रुपैयाँ पुगेको छ । २०८० असार मसान्तसम्म करिब ४८ लाख २६ हजार रहेको मेरो सेयर खाताको संख्या ५२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । यो कुल जनसंख्याको १८.०३ प्रतिशत हो ।

फागुन मसान्तसम्म सबैभन्दा बढी लगानीकर्तामा बचागमतीमा ३७.२२ र सबैभन्दा कम कर्णालीमा २.४३ प्रतिशतमा डिम्याट खाता रहेको छ । कर्णाली प्रदेशमा १ लाख ५१ हजारमा डिम्याट खाता रहेको छ भने बागमतीमा २३ लाख १२ हजारमा डिम्याट खाता रहेको छ ।


क्लिकमान्डु