आज तोलामा १६ सयले बढ्यो सुन, अहिले सम्मको सबैभन्दा महँगोको रेकर्ड



काठमाडौं । आज स्थानीय बजारमा सुनको भाउले सबै भन्दा महँगोको रेकर्ड बनाएको छ ।

गत बिहीबार त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ४० हजार पुगेको सुन शुक्रबार ७ सय घटेको थियो ।

तर आइतबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेर १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९१० पुगेको महासंघले जनाएको छ ।


क्लिकमान्डु