धोबीखोला कोरिडोरमा ढकमक्क फूल (तस्बिरहरु)



काठमाडौं । धोबी खोला कोरिडोरको रातोपुल र कालोपुल बीचको खण्डमा अहिले बेगम बेली फूल ढकमक्क फुलेका छन् । धोबीखोला किनारको यो खण्डमा बिभिन्न रङ्गका बेगमबेली फूलेका छन् ।

रङ्गिचङ्गी फूलेका बेगमबेली ले प्रदुषित धोबीखोला किनार सुन्दर देखिएको छ । बसन्त ऋतुको यो समयमा बेगम बेली सँगै अन्य फूलहरुले खोला किनार सडक किनारहरु मनमोहक देखिन्छ । काठमाडौं महानगरले सुरु गरेको धोबी खोला सरसफाइ अभियानले पनि केहि खोला केहि हदसम्म सफा देखिएको छ ।

फोटो: नेपाल फोटो लाइब्रेरी/क्लिकमान्डु


क्लिकमान्डु