दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउने, पाउलान् त मेडिकल चलाउने लाइसेन्स ?

काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले आज (साेमबार) फैसला सुनाउने भएको छ ।

गत चैत ६ गते मंगलबार न्यायाधीश डा. कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति आजलाई तोकेको हो ।

चैत ५ मा पनि न्यायाधीशहरु डा. चुडाल र सुवेदीको संयुक्त इजलासमा बी एण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको मुद्दा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा परेर अन्तिमपटक ६चैतमा सुनुवाई भएको छ।

झापाको बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चले अग्राधिकार पनि प्रदान गरेको थियो ।

गत चैत ४ गते न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले प्रसाईंको मुद्दामा विषयको गाम्भीर्य तथा संवेदनशीलताको कारण अग्राधिकार दिने आदेश गरेको थियो ।

उक्त मुद्दा छिटो निरूपण गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै चैत ४ गतेका लागि पेसी तोकिएको थियो ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।

क्लिकमान्डु