पिकनिक खान हेलिकप्टर लिएर पुगे बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ (भिडियो)

4.8k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकप्टर चढेर पिकनिक (वनभोज) खान पुगेका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिरहाको धनगढीमाइ नगरपालिका-१४ स्थित सर्रेअम्बासमा नेपाली कांग्रेस सिरहाले आयोजना गरेको वनभोजमा सहभागी हुन बाँनिया हेलिकप्टर लिएर पुगेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँ साउन २० गते बागमती प्रदेशका छैटौं मुख्यमन्त्री बनेका हुन् ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव भने सुरक्षा कार्गेटसहित सहित पुगेका थिए । उनीसँगै मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल यादव लगायतका पनि वनभोजमा पुगेका थिए ।

१० हजार मानिसलाई बोलाइएको वनभोजमा १० क्लिन्टल कुखराको मासु, ३ क्विन्टल खसीको मासु, वैष्णवका लागि १० क्विन्टल दही र मिठाइको समेत व्यवस्था गरिएको वनभोजमा सहभागी एक कांग्रेस नेताले जानकारी दिए ।