
काठमाडौं । नेपालमा पर्यटन आगमन सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ पुगेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा सन् २०२५ मा आएका पर्यटक गत वर्ष सन् २०२४ को तुलनामा १० हजार ९११ जनाले बढेको छ ।
नेपालको यो पर्यटक आगमनमा सन् २०१९ पछिको महामारीपछि ९७ प्रतिशतले रिकभरी भएको पनि उल्लेख छ ।
सन् २०२५ मा नेपाल आएका पर्यटक सबैभदा बढी मार्चमा आएका छन् ।

मार्चमा नेपालमा एकै महिनमा १ लाख २१ हजार पर्यटक आएका थिए । त्यसपछि नोभेम्बरमा १ लाख १६ हजार ५५३ र अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटन नेपाल आएको पनि तथ्यांकले देखाएको छ ।
डिम्बरमा नेपालमा ९८ हजार १९० पर्यटक आएका छन् । यस्तो आगमन गत वर्ष २०२४ मा ९२ हजार ३४ थियो ।
सन् २०२५ मा नेपाल भित्रिएका पर्यटकमा सबैभन्दा बढी आउने १० मुलुकमा भारतबाट २ लाख ९२ हजार, अमेरिबाट १ लाख १२ हजार, चीनबाट ९५ हजार, बेलायतबाट ५८ हजार, बंगलादेशबाट ५७ हजार, अस्टेलियाबाट ४९ हजार आएका छन । यस्तै श्रीलंकाबाट ३७ हजार, थाइल्याण्डबाट ३० हजार, जर्मनबिाट ३० हजार र जापानबाट २४ हजार पर्यटक नेपाल भित्रिएका छन् ।









प्रतिक्रिया