सुनको मूल्य अहिलेसम्मकै धेरै, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

गत पुस १२ गते सुनको मूल्यले उच्च मूल्य कायम गरी नयाँ रेकर्ड बनाएको थियो । सोबेला छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

उक्त रेकर्डलाई ब्रेक गर्दै मंगलबार हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु