श्री एयरको विमान र हेलि एभरेष्टको हेलिकप्टरमा प्राविधिक समस्या, आकस्मिक अवतरण



काठमाडौं । बिहीबार काठमाडौंबाट धनगढी जाँदै गरेको विमान र लुक्ला जाँदै गरेको हेलिकप्टरमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

विहीबार २ बजे काठमाडौंबाट लुक्लाका लागि उडेको हेलि एभरेष्टको हेलिकप्टरको इन्डिकेटरमा समस्या देखिएको थियो । समस्या देखिएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ ।

त्यस्तै अपराह्न ४ बजे काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरको एसएजए २२५ जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । त्रिभुवन विमास्थलबाट ३० माइल टाढा पुगेको श्रीको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो ।


क्लिकमान्डु