वायुसेवा सञ्चालक संघको अध्यक्षमा समिट एयरका मनोज कार्की चयन



आन्तरिक उडानका एयरलाइन्सहरूको संस्था वायुसेवा संचालक संघको अध्यक्ष मनोज कार्की चयन भएको छन् ।

संघको राजधानीमा बिहीबार भएको २३ औं वार्षिक साधारण सभाले आगामी २ वर्षका लागि समिट एयरका प्रवन्ध निर्देशक तथा संघका महासचिब कार्कीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा उपाध्यक्षमा श्री एयरलाइन्सका कर्पोरेट प्रबन्ध अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी चयन भएको संघले जानकारी दिएको छ ।
सदस्यमा उमेश पनेरु, बालकृष्ण श्रेष्ठ र उमेश आचार्य चयन भएका छन ।त्यसो त वायुसेवा सञ्चालक संघमा यस अघि पनि निर्विरोध नयाँ कार्यसमिति चयन हुँदै आएको छ । संघलाई लामो समयसम्म सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेतृत्व दिएका छन् ।


क्लिकमान्डु