सेयर बजार राताम्मे, साढे २ अर्बको कारोबार



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजारमा मापन गर्ने सूचक २८.६८ अंकले घटेर परिसूचक १ हजार ९७२.०९ बिन्दु कायम भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्भेक्स ४.७९ अङ्कले ओरालो लागेर ३५१.६५ मा सिमित भएको छ । कारोबार भएका १३ उपसमूह नै ओरालो लागेको हो । ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको ११ करोड १३ लाख १० हजार तीन सय ४६ बराबरको कारोबार भएको छ । जोशी हाइड्रोपावर १० करोड १४ लाख ३३ हजार चार सय ५५, हिमालयन रिइन्स्योरेन्स आठ करोड तीन लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट छ केड ५९ लाख ९१ हजार छ सय ९६ र शिवम् सिमेन्ट पाँच करोड २१ लाख १२ हजार आठ सय ७० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त नौ दशमलव ८६, मानुषी लघुवित्त तीन दशमलव ९८, समाज लघुवित्त तीन दशमलव ९०, एनएमबी–५० का लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।

त्यस्तै, जोशी हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर आठ दशमलव ६२, मैलुङ हाइड्रोपावर आठ दशमलव शून्य एक, इन्ग्वा हाइड्रोपावर सात दशमलव ५८ र एनआइसी एसिया ग्रोथ फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ५७ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु