काठमाडौं मलका व्यवसायीको आरोपः महानगर प्रहरीले हातपात गर्‍यो



काठमाडौं । काठमाडौं मलका व्यवसायीहरुले काठमाडौं महानगरपालिका अगाडि बिरोध प्रदर्शन गरेका छन् ।

सोमबार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भइ प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले आफूहरु सञ्चयकोषको काठमाडौं मलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानगरपालिकाले नगरप्रहरी लगाएर अपमान गरेको बताए ।

व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै महानगरले बर्बरतापूर्वक व्यवसायीहरुलाई अपमान गरेको बताए ।

उनले महानगरले अदालतको आदेश विपरित व्यवसायीहरुमाथि धरपकड गरेको उनको आरोप छ । त्यस्तै काठमाडौं महल सञ्चयकोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीहरुलाई आतंककारी शैलीमा धरपकड गरेको बताए ।

उनले महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरुमाथि हातपात गरेको बताए ।

त्यस्तै अर्का व्यवसायी मुरारी कोइरालाले सञ्चयकोषको अन्तिम फ्लोरमा ७५ जना व्यवसायीहरु व्यवसाय गर्दै आइरहेको तर महानगरपालिकाले फुटपाथ व्यापारीहरुलाई गरेको भन्दा बढी ज्यादती गरेको बताए । उनीहरुले महानगर र सञ्चयकोषको द्वन्द्वका कारण व्यवसायी मर्कामा परेको बताए ।


क्लिकमान्डु