शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा ५ करोडभन्दा धेरैले घट्यो



काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा यस वर्ष संकुचन आएको छ।

बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्म वित्तीय विवरणमा बैंकको कुल नाफा ३७ करोड १० लाख रुपैयाँ पुगेको हो ।

गत वर्ष सोही अवधिमा बैंकको नाफा ४२ करोड ९० लाख रुपैयाँ थियो । तुलनात्मक रुपमा गतवर्ष भन्दा यस वर्ष बैंकको नाफामा ५ करोड ८० लाख रुपैयाँले कमी आएको हो ।

नाफा सँगै खराबकर्जा रेसियो पनि यस वर्ष बढेको छ । गत वर्ष सोही अवधिमा बैंकका निष्कृय कर्जा १.३१ प्रतिशत थियो भने यस वर्ष बढेर २.६२ प्रतिशतमा पुगेको हो ।

बैंकको प्रतिशेयर आय १५.८८रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३८.६८ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु