डेढ करोडले बढ्यो आईसीएफसी फाइनान्सको नाफा, एनपीएलमा सुधार



काठमाडौं । आईसीएफसी फाइनान्सको नाफामा उल्लेख्य वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म फाइनान्सले कुल ५ करोड ३२ लाख रुपैयाँको नाफा कमाएको हो । अघिल्लो वर्ष सोहि अवधिमा फाइनान्सको नाफा ३ करोड ९० लाख रुपैयाँ थियो ।

तुलनात्मक रुपमा यस वर्ष कम्पनीको नाफामा १ करोड ४१ लाख रुपैयाँले धेरै नाफा कमाएको हो ।

गत वर्ष २.८६ प्रतिशत पुगेको कम्पनीको निष्कृय कर्जा (एनपीएल) पनि यस वर्ष घटेर २.२१ प्रतिशतमा आएको छ । कम्पनीको प्रतिशेयर आय भने ८.९९ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु