बालकुमारी घटनापछि ईपीएस कोरिया शाखामा सरकारले बढायो सुरक्षा



काठमाडौं । ईपीएस कोरिया शाखामा सरकारले सुरक्षा व्यवस्था बलियो बनाएको छ ।

फारम भर्न नपाएपछि आक्रोशित बनेकाहरुले मन्त्रीको गाडी जलाएको र दुई जनाको मृत्युको घटनापछि ईपीएस कोरिया शाखाको बालकुमारीस्थित कार्यालयमा सुरक्षा बढाइएको छ ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङ क्षेत्रको परीक्षामा सहभागी भएकाले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाएपछि भएको आन्दोलनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । सोही दिन उच्च अदालत पाटनले सिप बिल्डिङको परीक्षामा सहभागी भएकालाई उत्पादनमूलक क्षेत्रको फारम भर्न दिन आदेश गरेको थियो ।

उक्त घटनापछि कोरिया शाखा आसपासको क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको हो । ‘गोली चलेको घटनापछि यहाँ सुरक्षाकर्मीको उपस्थिति देखिएको छ’ कार्यालयका एक कर्मचारीले भने ।


क्लिकमान्डु