चेम्बरले भन्यो- बजार अनुगमन व्यवहारिक छैन



काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बजार अनुगमनका क्रममा व्यापार व्यवसायीको पसल शिलबन्दी गरी बजारमा असहज स्थिति सिर्जना गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चेम्बरका कावा महासचिव नीलकण्ठ चौलागाईँँले आज एक विज्ञप्ति जारी गरी बजारलाई व्यवस्थित पार्न तथा बजारको असहज परिस्थिति र बेथितीको अन्त्य गर्न बजार अनुगमन गर्ने काम स्वागतयोग्य भए पनि अव्यवहारिक कालोबजारी ऐनको प्रयोगबाट पसलहरु शिलबन्दी हुनु दुःखद भएको जनाएको छ ।

विज्ञप्तीमा दशैँजस्तो महान् चाड नजिक आइरहेको अवस्थामा बजार व्यवस्थामा सरोकारवालाहरुको समेत संलग्नतामा सरकारले समन्वय गनुपर्नेमा त्यो काम नगरी विपरीत काम गरेको उल्लेख छ ।

‘मूल्य निर्धारण तथा बिलबिजक जस्ता विषयमा राजश्व अनुसन्धानसँंग सम्बन्धित भए पनि आपूर्ति व्यवस्थापन विभागबाट पसल शिलबन्दी गरिनु अव्यवहारिक छ,’ विज्ञप्तीमा भनिएको छ ।

चेम्बरले बजार यथाशीघ्र सञ्चालन गरी आपूर्ति सहज बनाउन सरकारका सम्बन्धित निकायसँंग सहकार्यका लागि आग्रहसमेत गरेको छ ।


पुष्प दुलाल