अर्थशास्त्री दंगालको नजरमा सन् २०२३मा नेपालको अर्थतन्त्र



काठमाडौं । सन् २०२३ हामीबाट बिदा भएको छ र नयाँ वर्ष २०२४ को सुरुवात । कोरोना महामारीको प्रभावका साथै रुस-युक्रेन र इजरायल हमास युद्धका कारण विश्वव्यापी रुपमा आर्थिक क्षेत्रमा प्रभाव परेको छ । त्यसबाट नेपाल अछुतो रहन सकेन।

अर्थतन्त्रमा आएको संकुचनका बीच सन् २०२३ मा १० लाख १४ हजार बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् भने देशमा भित्रने रेमिट्यान्समा पनि वृद्धि भएको छ जसका कारओ १०.३ महिनालाई वस्तु तथा सेवा खरिदका लागि पुग्ने विदशी मुद्रा सञ्चिति भएको छ ।

भन्सार विभागका अनुसार यो वर्ष नेपालले १५१ देशसँग वैदेशिक व्यापार गरेकोमा १२६ देशसँग घाटा व्यहोर्नुपरेको छ भने २५ देशसँग मात्रै नेपालको व्यापार नाफामा गएको छ ।

अर्थशास्त्री दिलनाथ दंगालले देखेको सन् २०२३ को देशको आर्थिक अवस्था

१. नेपाल पर्यटन बोर्डले जनाए अनुसार २०२३ जनवरी देखि २०२३ डिसेम्बरको एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् जवकी सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटकले मात्र नेपालको भ्रमण गरेका थिए । चीनले उत्तर तर्फका नाकाहरु खोल्दै जाने क्रम बढ्नाले सन् २०२४मा पर्यटक आगमन अझै बढ्ने अपेक्षा गर्न सकिन्छ ।

२. प्रतिमहिना १ खर्व १५ अर्वका दरले रेमिट्यान्स देशमा भित्रिएको छ । जुन अघिल्लो बर्षको तुलनामा २० प्रतिशतको हाराहारीमा वृद्धि हो । जसका कारणले १०.३ महिनालाई वस्तु तथा सेवा खरिद गर्न पुग्ने विदेशी मुद्रा हामीसँग सञ्चिती रहेको देखिन्छ ।

३.करिब ३५ हजारको संख्यामा रहेका शहकारीहरुमा समस्या देखा परेको वर्ष हो सन् २०२३ ।

४.भन्सार विभागले जनाए अनुसार यो वर्ष नेपालले १५१ देशसँग वैदेशिक व्यापार गरेकोमा १२६ देशसँग घाटा व्यहोर्नुपरेको छ भने २५ देशसँग मात्रै नेपालको व्यापार नाफामा गएको तथ्यांकले देखाएको छ ।यो साउन देखि यताको पाँच महिनामा नेपालले ६.५ खर्बको वस्तु आयात गर्दा ६३ अर्बको मात्र निर्यात गरेको छ ।

५.सन् २०२३ मा प्रतिमहिना विदेश पढ्न जानेको संख्या १० हजार रहेको र गत सालको तुलनामा झन्डै ७० प्रतिशतले बढी यो वर्ष अध्ययनकालागि बाहिर जानेहरुले नेपालबाट रकम विदेश लगेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउन देखि कार्तिक मसान्त सम्ममा मात्र विदेश पढ्न जाने विद्यार्थीले ३८ अर्ब ४४ करोड रुपैयाँ लगेका छन् ।

६.राजस्व संकलन लक्ष्यको २५ प्रतिशत कम भएको छ भने पूँजिगत खर्चको अवस्था झन दयनीय रहेको छ, तर फजुल खर्च भने बढेको बढ्यै देखिन्छ ।

७. आर्थिक वृद्धि सरकारको लक्ष्यभन्दा कम रहेको र मूल्यवृद्धि भने चिनीजन्य वस्तु र जिरामा शतप्रतिशत, अन्य मसला जन्य वस्तुहरुमा ४४ प्रतिशत सम्म र खाद्य वस्तुहरुमा २० प्रतिशतको हाराहारीमा पुगेको देखिन्छ ।

७. मन्दीले गर्दा ३० देखि ४० प्रतिशत ब्यापार बन्द भएको र त्यहाँ हजारौले रोजगारी गुमाएका छन भने आगामी दिनमा यो क्षेत्रबाट उठ्ने राजस्वमा व्यापक गिरावट आउने देखिन्छ ।

८. यो वर्षमा रुस युक्रेन युद्ध र इजरायल हमास द्धन्दका कारणले नेपालको अर्थतन्त्रमा पनि असर गरेको देखिन्छ ।

९.यो वर्ष वैदेशिक सहायता प्रतिवद्धतामा पनि गिरावट आएको छ । अर्थ मन्त्रालयका अनुसार कात्तिक मसान्तसम्म वैदेशिक सहायता ४० अर्ब ६९ करोड रुपैयाँ बराबरको मात्र रहेको छ । यो गत आवको यसै अवधिको तुलनामा ६०.८ प्रतिशतले कम हो।

१०. नेपालको सार्वजनिक ऋण भने २३ खर्व भन्दा बढी हुन पुगेको छ ।


क्लिकमान्डु