ग्लोबल आइएमई बैंकद्वारा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारमा १७ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

यस्तै १ हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई पुस १६ गतेदेखि माघ १७ गतेसम्मका लागि यो सुविधा उपलब्ध गराएको हो । बैंकको भिषा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटासम्मको कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा १ हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो ।

वार्षिकोत्सवकै अवसरमा ग्राहकहरुलाई थप छुट प्रदान पनि गर्ने योजना सार्वजनिक गरिएको छ । नयाँ खाता खोलेर ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरुले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो क्यासब्याक योजना पौष १७ गते देखि २३ गतेसम्म लागू हुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसुचकहरु अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो ।

देशका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/ बैदेशिक प्रतिनिधि कार्यालय सहित ११०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु