रास्वपामा दोस्रो वरीयताको उपसभापति बने स्वर्णिम वाग्ले



काठमाडौं । अर्थशास्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी उपसभापतिको जिम्मेवारी दिएको छ । रास्वपाले वाग्लेलाई दोस्रो वरीयताको उपाध्यक्ष बनाएको हो । रास्वपाको केन्द्री समिति र सांसदहरुको बैठकले पार्टी पदाधिकारीहरु चयन गरेको हो ।

यसअघि उपाध्यक्ष रहेका डीपी अर्याल पहिलो वरीयतामा छन् । रास्वपाले सह-महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरेको छ । महामन्त्रीमा मुकुल ढकाल छन् । संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परिवार यथावत् रहेका छन् ।

यस्तो छ रास्वपाको सचिवालय:
१. सभापति- रवि लामिछाने
२. उपसभापति- डिपि अर्याल
३. उपसभापति- डा. स्वर्णिम वाग्ले
४. महामन्त्री- डा. मुकुल ढकाल
५. सहमहामन्त्री – कवीन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री- सुमना श्रेष्ठ
७. सहमहामन्त्री- विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक- सन्तोष परियार
१०. कोषाध्यक्ष- लिमा अधिकारी
११. सहकोषाध्यक्ष- बसुमाया तामाङ
१२. सहकोषाध्यक्ष- दीपक बोहोरा


क्लिकमान्डु