नबिलले ल्यायो विशेष तीज अफर



काठमाडौं । नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले महिला ग्राहकका लागि विशेष तीज अफर ल्याएको छ ।

अफरअन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोलेबापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । अफरअन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ ।

सीमित अवधिका लागि ल्याइएको यस अफर प्राप्त गर्न नारी ग्राहकले २०८० असोज १५ सम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोल्नुपर्नेछ ।

नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।


रवि धिताल