मोतिदान कन्स्ट्रक्सनको व्यापार घट्यो, २ अर्ब ७० करोडको कारोबार



काठमाडौं । ‘ए’ वर्गको निर्माण कम्पनी मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको व्यापार घटेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले २०२२ मा कम व्यापार गरेको हो ।

कम्पनीले २०२१ मा ३ अर्ब १२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, २०२२ मा यसको व्यापारमा कमी आयो । २०२२ मा कम्पनीले २ अर्ब ७० करोड ९० लाखको व्यापार गरेको छ । कम्पनीले २०२० मा १ अर्ब २८ करोड १० लाखको व्यापार गरेको थियो ।

कम्पनीको व्यापारमा कमि आए पनि मार्जिन भने बढेको छ । कम्पनीको २०२० मा मार्जिन १५.७३ प्रतिशत थियो । २०२१ मा यो घटेर १२.५४ प्रतिशत भएको थियो । २०२२ मा भने यसमा वृद्धि भएर १३.६५ प्रतिशत मार्जिन भएको थियो ।

सन् २०००९ मा सुरु भएको मातिदान कन्स्ट्रक्सन सेवा प्रालि मुख्य गरि माइनिङका कामहरु, सडक, पुल, भवन, सिचाईंलगायतका निर्माणका कामहरुमा संलग्न छ । कम्पनीको बोर्डमा तीन निर्देशकहरु छन्, जसको नेतृत्व प्रबन्ध निर्देशक राम बहादुर गौतमले गरेका छन् ।

कम्पनीले १३ अर्ब ५० करोडको कर्जाका लागि रेटिङ पाएको छ । रेटिङ एजेन्सीले कम्पनीलाई दीर्घकालिन कर्जा सुविधाका लागि ‘डबल बि प्लस’ रेटिङसहित १ अर्ब ६९ करोड १० लाख रुपैयाँको कर्जाका लागि रेटिङ दिएको छ भने छोटो समयको कर्जा सुविधाका लागि ‘ए फोर प्लस’ रेटिङसहित २ अर्ब ४० करोड ५० लाखको कर्जा सुविधा दिएको छ ।

त्यस्तै, दीर्घकालिन÷अल्पकालिन कर्जा सुविधाका लागि कम्पनीलाई ‘डबल बि प्लस/ए फोर प्लस’ रेटिङ सहित ९ अर्ब ४० करोड ३९ लाखको रेटिङ दिइएको छ ।


क्लिकमान्डु