‘इनफ इज इनफ’ भन्दै बालेनको विरोधमा प्रदर्शन



काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध प्रदर्शन भएको छ । महानगरको बागदरबारस्थित कार्यालय अघि भेला भएर स्थानीयले बिरोध गरे‍का हुन् ।

मेयर शाहको कामको बिरोधमा ‘इनफ इज इनफ’ भन्दै बिरोध गरिएको छ ।

आन्दोलनमा सहभागी भएकाहरुले महानगर प्रहरीले गरिखाने वर्गमाथि क्रुरतापूर्वक बल प्रयोग गरिएको र त्यसो गर्न नपाइने आन्दोलनमा सहभागी एक युवकले बताए । शाहले गरीबमाथि अत्याचार गरिरहेको उनीहरुको आरोप छ ।

बालेनमाथि गरिबहरुले आशा गरेर मत दिएको भए पनि उनले त्यसलाई कुठाघात गरेको उनीहरुको आरोप छ ।

साना व्यवसायी माथि महानगरले गरेको व्यवहार एकदमै गलत भएको उनीहरुको आरोप छ ।


क्लिकमान्डु