काठमाडौं महानगरका समस्या समाधानका लागि ‘गौरवका योजना’



काठमाडौं । काठमाडौं महानगरपालिकामा रहेका प्रमुख समस्याहरु समाधानका लागि महानगरले ‘गौरवका योजना’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने गरि १० वटा महानगर ‘गौरव योजना’हरु सञ्चालन गर्ने बताएका हुन् ।

यी योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यावसायिक र व्यवस्थित सहरको निर्र्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री सांस्कृतिक सहर, समृद्ध महानगरको रुपमा स्थापित गरिने पनि बालेनले बताए ।

त्यस्तै, महानगरवासीहरुको दैनन्दिनसँग जोडिएका समस्या समाधान गर्न तथा महानगरपालिकाबाट प्रभावकारी सेवा प्रवाह गर्न र सहरी शासनका सवालहरुमा दिगो व्यवस्थापनका लागि आवश्यक योजनाहरुलाई महानगर स्वर्णिम योजनाका रुपमा स्वचालित संयन्त्र बनाई सञ्चालन गर्ने नीति पनि महानगरले लिएको छ ।

साथै, स्थानीय आवश्यकताका आधारमा तत्काल सम्पन्न गर्नुपर्ने हरेक वडाबाट प्राप्त भएका योजनाहरुलाई प्राथमिकता प्राप्त योजनाका रुपमा कार्यानवयन गरिने पनि महानगरका मेयर बालेनले बताएका छन् ।


क्लिकमान्डु