धन्यवाद बालेनजी, हामी झोलेलाई वडाध्यक्ष बनाइदिनुभयो: कांग्रेस सांसद गिरी



काठमाडौं । प्रतिनिधि सभा सदस्य दीपक गिरीले मन्त्री भएकाहरुको क्षेत्रमा धेरै बजेट पारिएको भन्दै असन्तुष्टि पोखेका छन् । आफू सत्तापक्षीय सांसद भए पनि यसको बिरोध गर्ने उनले बताए । जनताले आफूहरुलाई नीति नियम बनाउनेका रुपमा नबुझेको बताउँदै विकास निर्माणका लागि बजेट आवश्यक पर्ने तर मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट पठाउँदा समस्या भएको उनले बताए ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको उदाहरण दिँदै उनले आफ्नो जिल्लामा २२-२५ करोड बजेट पारेको बताए ।

जनताले साना-ठूला समस्याका लागि सांसदहरुलाई सम्झिने गरेको तर अधिकार कटौती हुँदै गएकोप्रति उनले असन्तुष्टि पोखे । बजेट पार्न नसकेको भनेर आफूलाई रातको १२ बजे पनि गाली खान परेको उनले सुनाए ।
काठमाडौं महानगरका मेयर बालेन शाहले आफूहरुलाई वडा अध्यक्ष बनाइदिएको भन्दै उनले धन्यवाद दिए ।

‘धन्यवाद बालेनजी, हामी झोलेलाई वडाध्यक्ष बनाइदिनुभयो । हामीले राति १२ जलपान खाएको मान्छेको फोन आउँछ। अब त चिन्न छाड्नुभयो होला भन्छ। आफू पनि जलपान गरेको बेला भए झगडा पर्छ होला!’


क्लिकमान्डु