सेयर बजारलाई व्यवसाय बनाउनेले विरोध गरे, लगानीकर्ता डराउनु पर्दैन: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले केही व्यक्तिले सेयर बजार खत्तम भयो भनेर बिरोध गरिरहेको बताए ।
बुधबार आयोजना भएको कार्यक्रममा मन्त्री महतले वास्तवमै सेयरलाई व्यवसाय बनाएकाहरुले अहिले बिरोध गरेको र सामान्य रुपमा कारोबार गर्नेहरु भने डराउनु नपर्ने बताए ।
‘सेयर बजारलाई आम्दानीको स्रोत बनाउने र ब्यबसाय बनाउने करोडौं कमाउनेले बिरोध गरे’ उनले भने ।
सामान्य कारोबार गर्नेले कर तिर्नुपर्ने र करोडौं कमाउनेले कर नतिर्ने भन्ने नहुने उनले बताए । आफूले यसका लागि सिलिङ निर्धारण गर्न भनेको उनले बताए ।
अब नियमित कति कारोबार गर्नेलाई व्यवसाय भन्ने भनेर निर्धारण गर्ने उनले बताए बताए । अहिले केही बजार तल माथि गराउन लागेका र उनीहरुले बजार खत्तम बनायो, ५५ लाखलाई डुबाउन लाग्यो भनेर बिरोधमा लागेको उनले बताए ।