सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुन-चाँदीको मूल्य घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य १ लाख १० हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु