चालक छतबाट खसेको घटनालाई राजनीतिकरण नगर्न रविको चेतावनी, नुनचुक बोकेर नआउन आग्रह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आफ्ना सवारी चालक छतबाट खसेर दुर्घटनामा परेको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

सोमबार बिहान लामिछानेका गाडी चालक शम्भु भन्ने दिलबहादुर थापा लामिछानेकै घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते थापाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसैबीच सभापति लामिछानेले घाइतेको सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउन आग्रह गरेका छन् ।

‘म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्’, लामिछानले लेखेका छन्, ‘ बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला।’

कतिपयले थापाको दुर्घटना नभएर नियोजित घटना भएको भन्दै चर्चा गरिरहँदा लामिछानेको यस्तो प्रतिकृया आएको हो ।
सामाजिक सञ्जालमा लामिछानेले यस्तो लेखका छन्- आज बिहान प्रिय शम्भु भाइ( मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नुभयो । सीएमसीमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानैदेखि निरन्तर र भर्खरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ,स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला योभन्दा धेरै मसँग तपाईंलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ति छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनु होला। स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको श्ययामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला ।


क्लिकमान्डु