रविका चालक छतबाट खसेको घटना: प्रवक्ता मुकुलका चालक पक्राउ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक छतबाट घटेको घटनामा एक जना पक्राउ परेका छन् ।

सभापति लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेको घटनामा रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भरतपुर–११ स्थित रवि लामिछाने बस्ने गरेको घरमा सुतेका ३५ वर्षिय थापा राति घरको छतबाट खसेका थिए ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले थापासँगै सुतेका अर्का चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाए ।

थापाको टाउको र खुट्टामा चोट लागेको छ । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


क्लिकमान्डु