सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

गत चैत ५ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । सो दिनको मूल्यको रेकर्ड ताड्दै बुधबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएको थियो ।


क्लिकमान्डु