बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ । उनीहरुले आवेदन दिने आज अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेको नेपालीले आवेदन दिइ सकेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ फागुन १८ गतेदेखि निष्कासन गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९ हजार ७०० कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय र मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।