६ महिनामा साढे १२ करोड रुपैयाँको चिउरा निर्यात, सबैभन्दा बढी अमेरिकामा



काठमाडौं । चालु आर्थिक वर्षकोे ६ महिनाको अवधिमा साढे १२ करोडभन्दा बढी मूल्य बराबरको चिउरा निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्ममा १२ करोड ६० लाख ४३ हजार रुपैयाँको ३ लाख १३ हजार केजी चिउरा निर्यात गरेको देखाउँछ ।

नेपालले गत वर्ष २० करोड ६१ लाख ६० हजार रुपैयाँको ५ लाख ८३ हजार ३२६ केजी निर्यात गरेको छ । त्यस्तै, नेपालले आव २०७७÷७८ मा २२ करोड १ लाख ५८ हजार रुपैयाँको ६ लाख ८७ हजार ६७२ केजी र आव २०७६÷७७ मा ३ करोड ५ लाख ४४ हजार रुपैयाँको १ लाख ६ हजार ९२८ कजी चिउरा निर्यात गरेको छ ।

नेपालले ६ महिनाको अवधिमा साढे १२ करोड रुपैयाँको निर्यात गर्दा करिब ७ अर्ब रुपैयाँ बराबरको अमेरिकामा मात्रै निर्यात गरेको छ । अमेरिकामा मात्रै ६ करोड ८५ लाख ९८ हजार रुपैयाँको १ लाख ३६ हजार ८५२ केजी र अष्ट्रेलियामा ३ करोड २५ लाख रुपैयाँको ८९ हजार २३५ केजी निर्यात गरेको छ ।

त्यसैगरी, इटलीमा ९५ लाख २० हजार रुपैयाँको २४ हजार ३७४ केजी, जापानमा ५४ लाख ७२ हजार रुपैयाँको ९ हजार ४७ केजी, बेल्जियममा ३५ लाख ७१ हजार रुपैयाँको १० हजार ४०८ केजी, बेलायतमा ३१ लाख ६७ हजार रुपैयाँको १७ हजार ६४३ केजी निर्यात गरेको छ ।

त्यस्तै, भारतमा १२ लाख ९६ हजार रुपैयाँ १६ हजार ९० केजी, क्यानाडामा ७ लाख ८१ हजार रुपैयाँको ३ हजार २५० केजी, हङकङमा ४ लाख ७९ हजार रुपैयाँको २ हजार २०६ केजी, दक्षिण कोरियामा ३ लाख ४९ हजार रुपैयाँको १ हजार ९८० केजी र मलेसियामा ३ लाख ६ हजार रुपैयाँको १ लाख ९८९ केजी चिउरा निर्यात गरेको छ ।

त्यसैगरी, नेपालले ६ महिनाको अवधिमा ४४ लाख २२ हजार रुपैयाँको १ लाख ४ हजार ५५८ केजी चिउरा आयात गरेको छ । साथै, गत वर्ष नेपालले ६१ लाख ५९ हजार रुपैयाँको १ लाख ४७ हजार २४३ केजी आयात गरेको विभागको तथ्याङ्कले उल्लेख गर्छ ।


क्लिकमान्डु